मोटरसाइकलको ठ’क्करबाट महिलाको मृ त्यु
ओखलढुङ्गा, १८ भदौ । यहाँ मोटरसाइकलको ठ क्करबाट घा इते महिलाको उपचारका क्रममा मृ त्यु भएको छ ।
जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा३६प ३५२२ नंको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया घा इते हुनुभएको थियो ।
बुधबार दुर्घटनामा घा इते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिनुभयो । घटनापछि फरार रहेका मोटरसाइकल चालक र चलाएको मोटरसाइकललाई मानेभञ्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ ।(रासस)


