‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त

काठमाडौं, १८ भदौ /कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।

शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन २’ बाट कञ्चनपुरका हिक्मत महरा बाहिरिएपछि तीनजना फाइनलिस्ट तय भएका हुन् ।

ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आ–आफ्नै खुबी र विशेषता छन् । स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन् । भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन् ।

विषयवस्तु उठानका हिसाबले तीनैजना उत्तिकै प्रभावशाली देखिन्छन् । सबैका फ्यान फलोइङ उत्तिकै छन् ।

‘कमेडी च्याम्पियन २’ को निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।