पौडेलले उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह

वाग्मती, १९ भदौ । नेकपा एमालेका नेता एवम् वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेकपा एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

हेटौँडाको पशुपतिनगरमा युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले विकास निर्माणको लहरबाट आत्तिएकाहरुले पार्टीमाथि प्रहार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमाले जुझारु र इमान्दार कार्यकर्ताले बनेको पार्टी हो, एक दुईजना चोटिएर गएपनि पार्टीलाई केही असर पर्दैन । ”

नेता पौडेलले एमाले छोड्नेहरुले समाजमा भ्रम छर्न सक्ने भन्दै त्यस्ता भ्रम चिर्न एमालेका नेता तथा कार्यकर्ता अत्यन्त जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।