एमाले धनकुटाको समानान्तर कमिटी नेकपा एसमा समाहित,धनकुटामा कार्यालय उद्घाटन
धनकुटा,१९ भदौ । धनकुटा नेकपा एमालेबाट बिभाजन भई बनेको नेकपा एकीकृत समाजवादी पाटी धनकुटाले धनकुटामा कार्यलय स्थापना गरेको छ ।

नेकपा एमाले धनकुटाका समानान्तर जिल्ला कमिटीको बैठक बसी नेकपा ९एकीकृत समाजवादी मा आवद्व हुने सर्बसम्मत निर्णय गरे संगै पार्टी केन्द्रीय सदस्य घनेन्द्र बस्नेत द्वारा जिल्ला पार्टी कार्यालयको उदघाटन गर्नु भएको जनाईएको छ ।

नेकपा एमालेको धनकुटाको समानान्तर कमिटी शनिवारबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।
-तस्बिर अर्जुन राईको फेसबुक बाट
यो पनि पढ्नुहोस्…
ओली राष्ट्रिय सभागृहमा, बृहत् कार्यकर्ता भेलालाई गरे सम्बोधन
काठमाडौं, १९ भदौ
एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगर कमिटीद्वारा राष्ट्रिय सभागृहमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।
अस्वस्थताका बाबजुद पनि ओलीले शनिबार दिउँसो बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।
पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिएका थिए ।
अत्यावश्यकबाहेक सबै भेटघाट बन्द गरिए पनि ओलीले एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।


