फुटबल : कीर्तिमान नजिक किरण !

रमेश सुवेदी/काठमाडौं, २० भदौ । आइतबार अर्थात रवीबार । सप्ताहको सुरुवाती दिन, जहाँ सूर्य भगवालाई पुजिने गरिन्छ । सूर्यका रश्मिलाई नै किरण भनिन्छ । सूर्यनै आत्मा हुन् । ती आत्माबाट आउने कर्णलाई नै किरण भनिन्छ । त्यहीँ किरण नै आत्मबल हो ।

नेपाली फुटबलका लागि किरण पनि रवीबारकै दिन इतिहास बनाउने संघारमा छन् । कुरा जोडिन्छ, नेपाली फुटबल टोलीका कप्तान किरणसँग । डेब्यु खेलमै चोट खेपेका किरण मैदानमा फर्कने स्थितिमा थिएनन् । आत्माबलकै कारण चोट निको पार्दै किरण एउटा इतिहासको खुड्किलाे पार गर्दैछन् ।

दशरथ रंगशालामा भारतविरुद्ध उत्रदै गर्दा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बु ‘चेम्जोङ’का लागि विशेष दिन हुनेछ । भारतविरुद्ध खेलमा नेपालको रेकर्ड खासै राम्रो स्थितिमा नरहे पनि किरणको व्यक्तिगत जिन्दगीमा भने यो खेलले निकै अर्थ राख्छ ।

दरशथ रंगशामा साझ साढे ५ बजे सुरु हुने खेलमा यदी ‘प्लेईङ सेट’ मा रहे किरणले नेपाली फुटबलमा कीर्तिमान बनाउने छन् । किरण राष्ट्रिय फुटबलमा सर्वाधिक ७४ क्याप जित्ने पहिलो खेलाडी बन्नेछन् ।

गत बिहीबार किरणले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको ७३ क्याप बराबरी गरेका थिए । ३१ वर्षे किरणले यस अघि पूर्वखेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यलाई पछि पारेका थिए ।

किरणले २४ मे २००८ मा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । नेपालका लागि जर्मन प्रशिक्षक थोमस फ्लाथले किरणलाई ‘प्लेईङ सेट’ मा राख्दै डेब्यु गराएका थिए ।

एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध २३ मिनेटमात्रै खेलेका किरण चोटका कारण मैदान छाड्न बाध्य भए । त्यसयता करिब १३ वर्ष राष्ट्रिय टोलीबाट खेलेका किरणले आफू यो अवसरसम्म आइपुग्नेमा आशावादी नभए पनि मिहिनेतका कारण यो उपलब्धि हासिल गरेको बताए । ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु,’ कप्तान किरणले न्युज कारखानासँग भने । ‘देशका लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ किरण भन्छन् ।

किरणले यसअघि सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलो पटक कप्तानी ‘आर्मब्याण्ड’ लगाउन पाएका थिए । कप्तानी रुपमा पहिलो पटक नेपालमा आयोजना भएको थ्रि नेसन्स कपको उपाधि हात पारेका हुन् । किरणका यी दुई उपलब्धिका साक्षी प्रशिक्षक बालगोपाल महर्जन हुन् ।

किरणले घरेलु लिगमा मछिन्द्र, थ्रिस्टार, मनाङ मर्स्याङ्दी र मोफसलमा नेपाल पुलिसबाट समेत खेलेका छन् । पहिलो नेपाल सुपर लिगमा उपविजेता धनगढी एफसीको आइकोनिक खेलाडीको रुपमा खेले । किरणले माल्दिभ्सको टिसी स्पोर्टस् क्लब र भारतको आई लिग मिनर्वा पञ्जाबबाट लिग उपाधि हात पारेका छन् ।

भारत र माल्दिभ्समा किरण लिगमै सर्वाेत्कृष्ट गोलरक्षक चुनिएका थिए । घरेलु लिगमा भने किरणले थ्रिस्टारबाट लिग उपाधि हात पारेका छन् । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।