धनकुटामा ५ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

ईश्वर थापा/धनकुटा । धनकुटामा नेकपा (एमाले)का पाँच जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । आइतबार जिल्ला निर्वाचन कार्यालय धनकुटामा पुगेर उनीहरूले एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् ।

जिल्ला निर्वाचन अधिकृत सफल पोर्तेलले पाँच जना जनप्रतिनिधिले सनाखतका गरेको भए पनि निर्वाचन आयोगको निर्देशनअनुसार विवरण बताउन नमिल्ने बताए । यता, नवगठित एकीकृत समाजवादी पार्टीका धनकुटा अध्यक्ष अर्जुन राईले पाँच जनाले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेको जानकारी दिए । राईका अनुसार एकीकृत समाजवादीमा जानेमा जिल्ला समन्वय समितिकी उपप्रमुख बंगला राई, पाख्रिबास नगरपालिका- ४ का वडा अध्यक्ष सोभित निरौला, साँगुरीगढी गाउँपालिका- ३ का वडा अध्यक्ष राजकुमार राई, महालक्ष्मी नगरपालिका- २ का सुरेन्द्र पौडेल र साँगुरीगढी गाउँपालिका- ३ का वडा सदस्य तिलविक्रम लिम्बू रहेका छन् ।

नेकपा एमालेका तर्फबाट धनकुटाका स्थानीय तहका जनप्रतिनिधि निर्वाचित उनीहरूले पार्टी विभाजनसँगै आइतबार औपचारिक रूपमा जिल्ला निर्वाचन कार्यालय धनकुटामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् । सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।

निर्वाचन आयोगले दल बदल्न चाहने स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्ला स्थित निर्वाचन कार्यालयमा २२ भदौभित्र सनाखत गराउनुपर्ने जनाएको छ। यस्तै, एकीकृत समाजवादीका धनकुटा अध्यक्ष राईले अन्य केही जनप्रतिनिधिले २२ गतेसम्ममा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जानकारी दिए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।