माओवादी केन्द धनकुटाद्वारा पार्टीको राजनीतिक,सांगठानिक तथा समसायिक प्रस्तावहरु सार्वजनिक
धनकुटा । नेकपा माओवादी केन्द धनकुटाले पार्टीको राजनीतिक,सांगठानिक तथा समसायिक प्रस्तावहरु सार्वजनिक गरेको छ ।
गत भदौ १८ गते वसेको पार्टीको जिल्ला समन्वय समितिको वैठकले गरेको प्रस्तावहरु पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रले सार्वजनिक गरेको हो ।
सार्वजनिक प्रस्तावहरुमा जिल्लाको ७ वटै स्थानिय तहको अघिल्लो जिल्ला समितिको वैठकले गरेको निर्णय अनुसार नै ईञ्चार्ज,सहईञ्चार्ज लगायत नगर गाउँपालिका अध्यक्ष सचिव जिम्मेवारी कायम रहने,भदौ मसान्त सम्म पार्टी सदस्यता नविकरण गरिसक्ने अशोज १० गते भित्र टोल कमिटी पुर्नगठन गर्ने,जिल्लामा भैरहेका आर्थिक अनियमितता,विकास निर्माणमा भई रहेको ढिलासुस्ति,भ्रष्टचार जन्य गतिविधिको भण्डाफोर गर्दै जागरण तथा कानुनी उपचार खोज्ने,जिल्लाको सबै स्थानिय तहमा स्थापना गरिने १५ वेडको अस्पताल यही आर्थिक वर्ष भित्र सञ्चालनमा ल्याउन माग र पहल गर्ने, धनकुटामा स्थापना गर्ने भनिएको प्रदेशिक अस्पताल र मेडिकल कलेज स्थापना र सञ्चालन गर्न माग गर्ने लगायत छन् ।
त्रियुगाका मेयरसहित ६ जनप्रतिनिधिले त्यागे एमाले
उदयपुर, २१ भदौ
उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् ।
मेयर चौधरी, त्रियुगा-३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन । एकीकृत समाजवादीमा सनाखत गर्नेमा त्रियुगा-६ का वडा सदस्य जयराम पंजियार, ९ का वडा सदस्य खिलबहादुर कार्की, ११ का वडा सदस्य सकुन्तला विश्वकर्मा पनि छन् ।
त्रियुगा नगरपालिकाका १२/१३ जनप्रतिनिधि एकीकृत समाजवादीमा आउने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मेयर चौधरीले बताए ।
एमालेबाट निर्वाचित प्रदेश सांसद सुनिताकुमारी चौधरीले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरेकी छिन् ।


