गृहमन्त्री बालकृष्ण खाँणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या समाधान गर्न पहल गर्ने

काठमाडौँ २१ भदौ ।गृहमन्त्री बालकृष्ण खाँणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घ नेपाल र निलहीरा समाजका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्रीसँगको भेटमा आफूहरूका माग राखेको र मन्त्रीले समस्याको समाधान गर्न पहल गर्ने बताउनुभएको निलहीरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताउनुभयो । टोलीले गृहमन्त्रीसँग तेस्रो लिङ्गीलाई नागरिकता पाउन समस्या भइरहेकाले सहज बनाइदिन आग्रह गरेको थियो ।

त्यस्तै वैवाहिक समानता दिने विषयमा सरकारले समिति बनाएर तयार भएको प्रतिवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा थन्किएकाले त्यसलाई अगाडि बढाउन प्रतिनिधिले आग्रह गर्नुभएको थियो ।

अल्पसङ्ख्यकको परिभाषामा यौनिक तथा लैङ्गिक अल्यसङ्ख्यकलाई नसमेटिएको जनाउँदै उहाँहरूले मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यस्तै आफूहरूले जनगणनाका सन्दर्भमा आगामी आइतबार र सोमबार जिल्ला–जिल्लामा कार्यक्रम गर्न लागेको अवगत गराउँदै त्यसमा जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि आग्रह गरेको कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो । मन्त्री खाँणले टोलीको मागमा अवस्था के हो बुझेर समस्या समाधानका लागि पहल गर्ने बताउनभुएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।