कांग्रेस वडा कार्य समिती पाख्रीबासको १४ औं महाधिबेशनबाट १० वटै वडामा सर्बसम्मत चुनिएका यी सभापतिहरु
धनकुटा । हिजो नेपाली कांग्रेस वडा कार्य समिती पाख्रीबासको ऐतिहासिक १४ औं महाधिबेशन सम्पन्न भएको छ ।

अधिबेसनबाट सबै वडामा सर्बसम्मत नेतृत्व चयन भएको पाख्रीबास नगर कमिटि सभापति प्रेम भण्डारीले जानकारी दिनुभयो ।
सर्वसम्मत निर्वाचित सभापतिहरुमा वडा नं १ मा कुल बहादुर थापा,२ मा धन बहादुर मगर ,३ मा चन्द्र लिम्बू,४ मा श्याम प्रकाश राई,५ मा पासाङ्ग तामाङ्ग रहेका छन् ।
त्यसैगरि वडा नं ६ मा लोचन गिरी, ७ मा पूर्ण बहादुर राई, ८ मा गजेन्द्र राई, ९ मा शिव देव घिसिङ्ग र १० मा समर निरौला रहेका छन् ।
सभापति संगै सबै वडाका अन्य प्रतिनिधिहरु पनि सर्वसम्मत नै चयन गरिएको भण्डारीले जानकारी दिनु भयो ।


