मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार

वाग्मती, २३ भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो ।

प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्नुहुने जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्मा एक मन्त्रीसहित दुई राज्यमन्त्री महिला हुनुहुन्छ । आर्थिक मामिला तथा योजनामन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल नियुक्त हुनुभएको छ ।

प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनालीलाइ नियुक्त हुनुभएको छ । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।