दशौँ अधिवेशन प्रारम्भ : आधा घण्टाका लागि बैठक स्थगित

काठमाडौँ, २३ भदौ ।राष्ट्रियसभाको दशौँ अधिवेशन सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु गर्दै सबै सदस्यलाई स्वागत गर्नुभयो ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएअनुरूप संसद्को अधिवेशन सुरु भएको हो ।

बैठकको प्रारम्भमा अध्यक्ष तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभयो । त्यसको लगत्तै प्रतिपक्षी नेकपा (एमाले)का सांसदले उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभयो ।

मुख्य सचेतक भट्टराईले दार्चुला घटनामा सरकार राष्ट्रिय स्वाधीनताप्रति गम्भीर नभएको मात्र नभई आफ्ना नागरिक तुइन चँुडिएर बेपत्ता भएका घटनामा बोल्नसमेत नसकेको आरोप लगाउनुभयो ।

कोरोनाले देश अस्तव्यस्त हँुदासमेत अघिल्लो सरकारले ल्याएको खोप व्यवस्थापन गरेर सरकारले जनतालाई सङ्क्रमणबाट जोगाउन नसकेको आरोप लगाउँदै नेता भट्टराईले ‘लोकतन्त्रलाई अप्ठेरो तुल्याउने ढङ्गबाट सभामुखको निर्णय’ले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने बताउनुभयो ।

सभामुख वकिल र न्यायाधीशको भूमिका खेल्न उद्दत भएको आरोप लगाउँदै उहाँले लोकतन्त्रको मूल्यमान्यतालाई खण्डित तुल्याउने भूमिकाले यसमाथि खतरा उत्पन्न भएको धारणा राख्नुभयो ।

मुलुक र जनता बाढीपहिरो, डुबानका पीडामा आक्रान्त रहेका बेला सरकार एमालेलाई विभाजन गर्ने काममै सभामुख व्यस्त रहेको आरोप लगाउँदै उहाँले लोकतन्त्र र संविधानको संरक्षणको सुनिश्चिता नभई संसद् चल्न दिइन्न भनी उभिएर विरोध जनाउनुभयो ।

अध्यक्ष तिमिल्सनाले प्रतिनिधिसभाबारे उठेका प्रश्न सोही सदनमा छलफल हुनुपर्ने जनाउँदै राष्ट्रियसभाको अलग गरिमालाई ख्याल गरेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि एमालेका सांसदले उठेर विरोध गरिरहनुभयो । तत्पश्चात अध्यक्ष तिमिल्सनाले बैठक आधा घण्टाका लागि स्थगन भएको घोषणा गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।