मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना

बागमती, २४ भदौ । हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तीज पर्व नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वको रुपमा मनाउँदै आएका मुख्यमन्त्री शाक्यद्वारारा आज जारी सन्देशमा उल्लेख छ । सन्देशमा यस पर्वमा महिलाको सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु भनिएको छ ।

“तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निमार्णतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्दछु”, सन्देशमा उल्लेख छ ।

यस्ता सांस्कृतिक पर्वले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने विश्वास रहेको मुख्यमन्त्री शाक्यले उल्लेख गर्नुभएको छ ।

यसैबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै धार्मिक दृष्टिले मात्र नभई शारीरिक र मानसिक रुपमा पनि तीज महत्वपूर्ण पर्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामनामा सन्देशमा उहाँले हिन्दु महिलाको धार्मिक पर्व हरितालिका तीज नेपाली आमा दिदी वहिनीका लागि महत्वपूर्ण रहिआएको बताउनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।