बिपीको मार्गबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : सहमहामन्त्री डा महत

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपी कोइरालाले निर्धारण गर्नुभएको मार्ग अवलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पु¥याउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले सो प्रतिबद्धताका साथ पार्टीको १४औँ महाधिवेशनमा सक्रिय पार्टीका नेता कार्यकर्ताहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रजातान्त्रिक समाजवादका प्रणेता बिपीले स्थापित गर्नुभएका मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै अगाडि बढेकाले नै कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलका रूपमा स्थापित भएको उहाँको भनाइ छ ।

लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुनःस्थापना र संरक्षण तथा विकासमा कांग्रेसका नेता तथा कार्यकर्ताले गर्नुभएको त्याग र बलिदानका कारण कांग्रेस नेतृत्वमा विसं २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापना सम्भव भएको डा महतले उल्लेख गर्नुभएको छ ।

साथै विसं २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनमार्फत निरंकुश राजतन्त्र पराजित हुन गई संविधानसभा बैठकले गणतन्त्र स्थापना गरेको र कांग्रेसको नेतृत्वमै सङ्घीयता, गणतन्त्र, समावेशितासहितको संविधान जारी गर्न सफल भएको गौरवपूर्ण स्वर्णिम इतिहास रच्न सकेको यथार्थलाई उहाँले स्मरण गर्नुभएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको र वडा तहमा नेतृत्व र प्रतिनिधि निर्वाचित भइसक्नुभएको यस अवसरमा यसपटकको बिपी जन्मजयन्तीको विशेष महत्व रहेको उहाँले बताउनुभएको छ ।

यसले हामीलाई बिपीले स्थापित गर्न चाहनुभएको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रही समाजसेवा गर्न प्रेरित गर्ने विश्वास लिएको सहमहामन्त्री डा महतले सो सन्देशमा उल्लेख गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।