तीन जनालाई फरक–फरक स्थानबाट प,क्राउ

काठमाडौँ, २४ भदौ । विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक–फरक स्थानबाट प,क्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट प,क्राउ गरेको जनाएको छ ।

बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पी,डितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र रु ११ लाख जरिवाना हुने सजाय सुनाएको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले आज प,क्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको ब्यूरोले जनाएको छ ।

यसैबीच आज काठमाडौँको नागढुङ्गाबाट झण्डै दुई किलो गाँजासहित एक व्यक्ति प,क्राउ परेका छन् । धादिङबाट शङ्कास्पदरूपमा पैदलै काठमाडौँ आउँदै गर्दा उनलाई गाँजासहित नागढुङ्गा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको थाँक्रेका मोतीलाल तामाङ रहेका छन् । उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८०० ग्राम गाँजा फेला पारिएकाले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ ।

यसैबीच धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४५० नंको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ११ लाखसहित एक जनालाई प,क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प,क्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन पठाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖