धनकुटा सहिदभूमि का राई गाँ’जा सहित यसरी परे पक्राउ
मोरङ,भदौ २५ । मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थितमा प्रहरीले ५ केजी ला’गु औ’षध गाँ जा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् ।
हिजो बेलुका साढे ८ बजे CRV पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँ जा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।


