राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा अवस्थाबारे विश्लेषण
काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको थियो ।
गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत उपस्थित रहेको उक्त बैठकमा सीमा सुरक्षा, एमसीसीलगायत समग्र सुरक्षासँग सम्बन्धित विषयका बारेमा समीक्षा भएको बताइएको छ ।
यो पनि पढ्नुहोस..
बागमती, २५ भदौ । बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।
आयोगको उपाध्यक्षमा नियुक्त डा जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका बस्नेतलाई उपाध्यक्ष तथा रामेछापका श्रेष्ठ, काठमाडौँकी ताम्राकार र प्याकुरेललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


