प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई गाउँघरमै रोजगारी

–कृष्ण न्यौपाने ,दमौली, २५ भदौ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् ।

न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् । म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय ६५ बेरोजगारले रोजगारी पाएका छन् । गाउँपालिकामा चार सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा एक सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् ।

रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका–३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरु रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे–३ का १३, म्याग्दे–४ का ३७, म्याग्दे–६ का ९ र म्याग्दे–७ का एक सय ६ जनाले रोजगारी पाएका छन् । उनीहरुले प्रतिदिन रु पाँच सय १७ का दरले न्यूनतम एक सय दिनको काम पाएका छन् । “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत एक सय र कामका लागि समुदायमा आधारित पारिश्रमिक आयोजनाअन्तर्गत ६५ जनाले रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो, “सात वडामध्ये चार वडामा आयोजनामार्फत् काम गरिएको छ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मतलगायत काम सम्पन्न भएको छ । “सबै कामको प्रगति सन्तोषजनक छ,” उहाँले भन्नुभयो, “स्थानीय स्तरमै रोजगारी पाउँदा बेरोजगारलाई गुजारा चलाउन सहज भएको छ ।”

चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि दुई सय ५८ सूचीकृत भएका छन् । तीमध्ये एक सय एक जनाले रोजगारी पाउनेछन् । म्याग्दे–३ मा २२, म्याग्दे–४ मा ३६, म्याग्दे–६ मा ११ र म्याग्दे–६ मा एक सय ८९ जना सूचीकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दे–१ र २ मा कोही पनि सूचीकृत भएका छैनन् । प्रत्येक वडा कार्यालयमा सूचना पु¥याएपनि वडाको तर्फबाट राम्रो समन्वय हुन नसकेको संयोजक शाहीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु ८५ लाख बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सय ८३ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमअन्र्तगत १२ वटा योजनाको काम गरिएको छ । कार्यक्रमका लागि रु ८८ लाख बजेट विनियोजन भएकामा रु ४७ लाख ५४ हजार ९ सय एक बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिनुभयो ।

नगरपालिकाका १४ वडामध्ये ७ वडामा मात्रै रोजगार कार्यक्रम सञ्चालन भएको छ । व्यास–६ मा कुुलो मर्मत, व्यास–९ मा चिसापानी मोटरमार्ग कच्ची नाला निर्माण, व्यास–१० देवीडाँडामा सिढी निर्माण, व्यास–११ चमेरेगुफा भतेरी मार्गमा सिढी निर्माण र चौतारी निर्माणको काम गरिएको छ भने व्यास–१३ मा सुढे पदमार्ग र व्यास–१४ मा रुम्सी बेलडाँडामा कच्ची नाला निर्माण गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकामा तीन सय ९६ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रममार्फत् ३५ योजना सम्पन्न गरिएको रोजगार संयोजक कमला गैह्रेले जानकारी दिनुभयो । यसअन्तर्गत प्रत्येक वडामा चौतारा र पोखरी निर्माण गरिएको छ । यसैगरी गोरेटो बाटो, नाला निर्माणलगायत काम सम्पन्न भएको छ । कार्यक्रमका लागि रु ९६ लाख बजेट प्राप्त भएकामा रु ८६ लाख ९५ हजार खर्च भएको थियो ।

कार्यक्रमअन्तर्गत वडा नं ४ मा कोटगाउँ गोरेटो बाटो निर्माण गरिएको छ । वडा नं ५ मा ताराखसे आहालमा पोखरी तथा चौतारो निर्माण गरिएको छ । वडा नं ६ मा हिलेखर्क छिम्केश्वरी गोरेटो मार्ग निर्माण, वडा नं ५ बरालुङ गाउँबाट सानोभञ्ज्याङ जानको लागि गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं २ मा पोखरी र वडा नं ३ मा चौतारो निर्माण नभएको तर अन्य सबै वडामा पोखरी र चौतारो दुवै निर्माण गरिएको संयोजक गैह्रेले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।