अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो ।

उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उहाँले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैँ उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।