विगत दुई महिनाअघि देखि राजधानीमा उठेन फोहर

काठमाडौँ, २६ भदौ । वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ ।

वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको फोहर फेरि नदीमै मिसिन थालको छ ।

अभियानकर्मीले सफाइ गरेर फोहर थुपार्ने तर उठाएर व्यवस्थापन नहुने क्रम चलेकाले नदी क्षेत्र प्रदूषित हुन थालेको हो । पानी परेका दिन बाढी फोहर बगाएर लैजाने गरे पनि नपरेका दिन नदीमा फोहर देखिन थालेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो ।

अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र अभियानकर्मीको सक्रियतामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो । सफाइमा कर्मचारी र अभियानकर्मी गरी १०० जनाभन्दा बढी सक्रियता थियो । सफाइबाट जम्मा भएको फोहर आज पनि किनारमै थुपारेर राखिएको छ ।

सफाइ महाअभियानले जम्मा पारेको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा विगत दुई महिनाभन्दा लामो समयदेखि सिस्डोल जाने सडक बिग्रिएको भन्दै उठेको छैन । दुई हप्ताअघि फोहर फेरि लैजान थालिएको भनिए पनि राजधानीका चोक, फुटपाथ, नदी किनारमा थुप्रो फोहर भेटिन्छ ।

फोहरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था भएको पैदल यात्रु रणेन्द्र श्रेष्ठको गुनासो छ । पुतलीसडकको फुटपाथमा फोहर थुपारिएकाले सडकबाट हिँड्नु परेको उहाँले गुनासो गर्नुभयो । वाग्मती सफाइ महाअभियानले सफाइप्रति चेतना जागृत गरे पनि काठमाडौँ उपत्यकाका नदी अझै सफा हुन सकेको छैन । वर्षामा बाढीका कारण सफाइ देखिए पनि हिउँदमा नदी क्षेत्र दुर्गन्धित हुने गरेको छ ।

उपलब्धि कम भए पनि आठ वर्षदेखि सफाइ महाअभियान आज निरन्तर जारी छ । बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सफाइ अभियान जारी छ । चाडपर्व, वर्षा, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियान हुँदै आएको छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएसँगै यसका सहायक नदी सफाइ पनि जारी छ । उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ ।

वाग्मतीसँगै आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तरी र पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।