ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन आज सर्वसाधरणका लागि खुला

काठमाडौँ, २६ भदौ । काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन आज सर्वसाधरणका लागि खुला गरिएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला हुने उक्त मन्दिर स्वास्थ्य मापदण्ड कायम गरी खुला गरिएको छ । भीड कम हुने गरी दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरमा सप्तऋषिको पूजाआराधना गर्न भक्तजन आएका छन् । कोभिड–१९ को महामारीका कारण उक्त मन्दिर गत वर्ष बन्द गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१२ स्थित सो मन्दिरमा महिलाले विशेषगरी विधिपूर्वक सप्तऋषिको पूजा गरेका छन् । कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्रलाई सप्तऋषि भनिन्छ । काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले भक्तजनको आग्रहअनुसार मन्दिर खुल्ला गरिएको जानकारी दिनुभयो ।

“दर्शनार्थीलाई स्वास्थ्य समस्या भएमा वडाको स्वास्थ्य क्लिनिक र रेडक्रसको सहयोगमा स्थानीय बुद्ध माइ सेन्टर अस्पताल लैजाने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । भीड कम गर्न कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयम्सेवकका रुपमा राखिएको छैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖