शैक्षिक संस्था आजदेखि सञ्चालन आउने

बागमती, २७ भदौ । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् ।

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन÷अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

बारा र पर्सामा आठ पक्की पुल निर्माण

बारा र पर्सा दुई जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा चार÷चार पक्की पुल निमार्ण भएका छन् । हेटौँडास्थित सडक डिभिजन कार्यालयका अनुसार विभिन्न आव निर्माण सुरुआत भएका थिए । कार्यालयको कार्यक्षेत्र बारा, पर्सा र मकवानपुर पर्दछ ।

कार्यालयका इञ्जीनियर लोमस उपाध्यायका अनुसार निर्माण सम्पन्न भएका पुलमा बाराको पसहाल , सिम्रौनगण कन्कालनी पोखरी पश्चिम पट्टि, पसाहाखोला र सिगहा नदीका पुल छन् भने पर्साकोमा सुपौलीको उत्तर , श्रीसियाखोला ड्राइपोट बाइपास परवानीपुर सडक , मरलहिया नदी र स्मृति पुल छन् । ती पुल न्यूनतम रु एक करोड ५२ लाखदेखि अधिकतम रु सात करोड ७२ लाखमा निमार्ण भएका हुन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।