यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २७ भदौ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो ।

सो प्रणाली जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोडभएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उहाँले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व सङ्कलन वृद्धि गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गर्नुभयो । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले सरुवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभयो । उहाँले सरुवाका लागि फोन गराई दबाब सृजना गर्ने कर्मचारीको माग सुनुवाइ नहुने स्पष्ट पार्नुभयो । “त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन त्यो आफै बुझ्नुहुन्छ”, उहाँले भन्नुभयो ।

राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकामा सरकारलाई धन्यवाद दिनुभयो। उहाँले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चापदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिनुभयो । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्षअनुसारको राजस्व सङ्कलन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖