थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन

बैतडी, २७ भदौ । भारतसँग सीमा जोडिएको बैतडीका थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन कार्य सुरु भएको छ । जिल्लाको मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालयहरु सञ्चालनमा ल्याइएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । कक्षा कोठामा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ भने उनीहरुलाई मास्क अनिवार्य गरिएको छ ।

त्यसैगरी विद्यार्थीलाई विद्यालयमा पनि स्यानिटाइजर लगाउने र साबुन पानीले हात धुने व्यवस्था गरिएको स्थानीय तहहरुले जनाएका छन् ।

यसअघि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन भएको छ । दश स्थानीय तह रहेको बैतडीका नौ स्थानीय तहका विद्यालय सञ्चालनमा आइसकेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाले भदौ ३० गतेदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई बिग्रने भन्दै अभिभावक र शिक्षकशिक्षिकाले चिन्ता व्यक्त गरेका थिए । सोही कारण विद्यालय सञ्चालनमा ल्याइएको हो ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भएको छ । हाल यहाँ १९ जनामात्रै सक्रिय सङ्क्रमित रहेका बताइएको छ । यसैबीच जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमित शून्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।