तीन महिना पनि टिकेन कालोपत्रे सडक, स्थानीय चिन्तित

कपिलवस्तु, २८ भदौ । कृष्णनगर नगरपालिका–५ पुरुषोत्तमपुरका स्थानीय गाउँमा कालोपत्रे सडक निर्माण भएपछि खुसी भएका थिए । तर उनीहरूको खुसी तीन महिना पनि टिकेन । दशकौँदेखि आशा गरेको विकास तीन महिना पनि नटिकेपछि स्थानीय दुःखी भएका छन् । नगरपालिकाको पुरुषोत्तमपुरदेखि बगी जोड्ने नौ सय मिटर लामो सडक निर्माणसँगै भत्किएको स्थानीय मनिष गुप्ताले बताए ।

पालिकाले ७६ लाख ९० हजार रुपैयाँको लागतमा साढे ५ मिटर चौडा सडक निर्माण गरेको थियो । निर्माण भएको सडकको दुई ठाउँमा भत्किएको छ । केही दिनअघि कालोपत्रे सडकमा घाँस उम्रिएको र सडक भत्किएको कुरा सामाजिक सञ्जालमा आएपछि सम्बन्धित ठेकेदारले घाँस उम्रिएको र भत्किएको सडकको पुनः मर्मत गरेको स्थानीयले जानकारी गराएका छन् ।

कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीले निर्माण कम्पनी कृति कन्स्ट्रक्सनलाई मर्मतका लागि पत्राचार गरेको बताए । निर्माण सम्पन्न भएको एक वर्षभित्र यदि उक्त सडक भत्किएमा पुनः निर्माणको जिम्मा सम्बन्धित ठेकेदारको नै रहेको उनको भनाइ छ । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।