‘हान्छु तिम्लाई लौरी’ गीत विवादित

काठमाडौँ, २८ भदौ ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो ।

नेपाल मौरीपालक महासङ्घले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको छ ।

महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको जनाउनुभएको छ ।

यसले आफ्ने अधिकार प्रयोग गर्ने नाममा भ्रामक कुरा सार्वजनिक गरेकोमा महासङ्घले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

गीत सच्याउन पनि माग गरिएको छ । महासङ्घले तोरीमा मौरी विचरण गर्दा ३० प्रतिशत बढी उत्पादन वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको समेत जानकारी गराएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।