शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो

काठमाडौँ, २८ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर ५४८.८७ मा पुगेको छ ।

कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा ८५.८४ बिन्दुले बढेको छ । यस्तै, जलविद्यसत् ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर रु ४७ करोड ५७ लाख ७४ हजार ५८३, नेशनल हाइड्रोपावर रु ३४ करोड ३० लाख १५ हजार ९७०, नबिल बैंक रु ३० करोड ७३ लाख ५६ हजार ७८२ र अपि पावर रु २८ करोड ३५ करोड ५४ हजार ४५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेमा अजोड अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१६ र एनआरएन इन्फ्रस्ट्रक्चरको शेयरधनीले ४.०७ प्रतिशतले कमाए । त्यस्तै, कालिका पावर कम्पनी ६.४७, रैराङ हाइड्रोपावर ५.६२, ग्रीनलाइफ इन्स्योरेन्स ५.३६, यूनिभर्सल पावर ५.१३ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ५.०४ प्रतिशतले गुमाए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।