वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

वाग्मती, २८ भदौ। नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाउनुभएको थियो ।

उहाँले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गर्नुभएको थियो भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको नेकपा(एकीकृत समाजवादी) वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिनुभयो । संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।