गैंडाकोट दु’र्घटना : मृ’तक तीनै जनाको पहिचान खुल्यो
चितवन, २९ भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठो क्किएर भएको दु र्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार दु र्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् ।
मंगलबार बिहान भएको दु र्घटनामा ग म्भीर घा इते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृ त्यु भएको थियो । दु र्घटनामा परी घा इते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घा इतेमध्ये ३ जनाको अवस्था ग म्भीर रहेको उनले बताए ।
२३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घा इते छन् । उनीहरूकाे पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।न्युज कारखाना


