एमाले धनकुटालाई दु:खद खबर,१०५ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

भाद्र २९, धनकुटा । नेकपा एमाले पर्टीमा पञ्चायती शासनको भन्दा वढी निरंकुशता र पक्षपात हावि भएको भन्दै आज १०५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

धनकुटाको पाख्रीवास नगरपालिका वडा नं २ सुन्तलेमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा नेकपा एमाले सान्नेका पूर्व वडाध्यक्ष दिल बहादुर स्याङ्बो सहित पाख्रीवास २ र ३ का १०५ जना एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्दै स्याङ्बाले एमालेमा रहेर आफुले लामो समय सम्म काम गरिरहदाँ एमाले भित्र पञ्चायती साशन कालको भन्दा बढी निरंकुशता र पक्षपात हुने गरेको पाएको आफ्नो अनुभव सुनाउनुभयो ।

त्यही निरंकुशता तथा पक्षपात पूर्ण व्यवहार विरुद्ध लड्न आफु कांग्रेसमा प्रवेश गरेको भन्दै उहाँले अब ग्रामिण क्षेत्रको विकासका लागि कांग्रेसका नेताहरुले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले नेपाली जनताका हित पक्षमा एमसीसी नरहेको भन्दै उहाँले यो कुनैपनि हालतमा पास नगर्न मन्त्री थापा समक्ष सुझाव राख्नुभयो । पार्टी प्रवेश गरेकाहरुलाई पूर्वमन्त्रि तथा नेपाली कांग्रेसका सहमहामन्त्रि सुनिल वहादुर थापा,पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई लगायतले खदा एवम् अविर लगाई स्वागत गरेका थिए ।

पार्टीका २ नं वडा सभापति धन बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दैै सहमहामन्त्री थापाले एमाले सरकारले गाउँ गाउँमा सिंहदरबार नभई भ्रष्टचार फैल्याएको आरोप लगाउनुभयो । धनकुटा जिल्लामा २० करोड बढी बेरुजु देखिनु भ्रष्टचारको ठूलो उदाहरण भएको भन्दै उहाँले यस्ता भ्रष्टचारको भण्डाफोर गरि धनकुटालाई नेपाली कांग्रेसको चारतारे झण्डाको किल्ला बनाउने उद्घोष गर्नुभयो ।

अहिले एमालेका नेताहरुले सरकारको फुसको छाना हटाउने, किसानलाई टनेल वितरण गर्ने लगायतका कार्यक्रमहरुको दुरुपयोग गर्दै यदि एमालेमा नआए वा एमालेको कार्यक्रमहरुमा सहभगि नभए यसअघि सरकारले दिएको जस्ता पाता तथा टनेलको पैसा तिर्नु पर्ने जस्ता भ्रम फैलाउदै जनतालाई जर्वजस्ति आफ्नो पक्षमा लाग्न बाध्य वनाएको पाईएको कांग्रेस नेताहरुले बताएका छन् । नेपाली कांग्रेस क्रियाशिल सदस्य सन्तोष मानन्धरले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा उपसभापति दिल कुमार तामाङले राख्नुभएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिका नेपाली कांग्रेस १ नं वडा सभापति विवि तितुङ जौटार सामुदायिक वनलाई पर्यटकीय स्थल वनाउनका लागि भईरहेका प्रयासमा थप सहयोग गरिदिन अनुरोध गर्दै पूर्वमन्त्री थापालाई निवेदन पत्र बुझाउनुभएको थियो । कार्यक्रममा पार्टीका पाख्रीवास नगर सभापति प्रेम भण्डारी,जिल्ला सदस्यज्ञानु गुरुङ,अमित ल्हो,जयन्द्र घिसिङ सहित सयौ नेता कार्यकर्ताको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।