प्रदेशको राजधानीमै छाडा चौपायाको आ’तंक, जनप्रतिनिधि मौन

वीरेन्द्र रमण/जनकपुरधाम, ३० भदौ । देश २ को राजधानी जनकपुरधाम छाडा चौपायाका कारण अस्तव्यस्त देखिएको छ । जनकपुरका प्रमुख चौक तथा सडकहरूमा खुला रूपमा हिँडिरहेका चौपायाका कारण ट्राफिक समस्यासँगै सवारी दुर्घटना घटना हुन थालेका छन् ।

तर, यसलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिकाले प्रभावकारी कार्य गर्न सकेको छैन । पटक पटक खुला रूपमा रहेको छाडा चौपायालाई नियन्त्रण गर्न विभिन्न कारबाही गर्ने गरी सूचना जारी गर्दा पनि यो नियन्त्रणमा आउन सकेको छैन ।

प्रदेश २ को राजधानी भएपछि यहाँ यातायातको संख्यामा वृद्धि भएको छ । त्यसअनुरुप नै जनकपुरधामको विकासको लागि एडीबीको सहयोगामा सडक चौँडा गर्नेदेखि लिएर कालेपत्र गर्नेसम्मका काम भएको छ । तर, सडक चौँडा भए पनि यस सडकमा खुला रुपमा बिच सडकमै घुमिरहेको गाई, सुँगुर, कुकुर लगायतका जनावरलाई नियन्त्रण गर्न नसक्दा सडक अस्तव्यस्त बनेको देखिन्छ ।

उपमहागरपालिकाले आफ्नोतर्फबाट छाडा चौपाया नियन्त्रण गर्न अभियान चाले पनि सफल हुन सकेको छ्रैन । सडकमा हिँडिरहेका चौपायाहरूले गाडीको ठक्करबाट दिनहुँ ज्यान गुमाइरहेको छ भने मृत्यु भएका चौपायाको उचित व्यवस्थापन नहुँदा सहर नै दुर्गन्धित् हुने गरेको छ ।

जनकपुरधामको पिराडी चौकमाआफ्नो व्यवसाय गर्दै आएका ललन साहका अनुसार छाडा चौपायालाई नियन्त्रण गर्न गाईबस्तुको मालिकलाई आफ्नो नियन्त्रणमा नराखेसम्म समस्या समाधान हुँदैन ।

त्यस्तै जनकपुरधाममा ई–रिक्साचलाउँदै आएको रामभगत महतोले खुला छाडा चौपायाको कारणले आफुहरूलाई रिक्सा चलाउनसमेत समस्या भएको बताए । छाडा चौपायाको समस्या समाधानका विषयमा जनप्रतिनिधिले जवाफ दिन चाहेनन् । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।