राष्ट्रिय जनगणना २०७८ का लागि झापामा जनगणनालाई सुपरिवेक्षक परिचालन

झापा, ३० भदौ । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताउनुभयो ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । उहाँले पहिलो चरणको कार्यक्रम अन्तर्गत सुपरिवेक्षकले घरघरमा पुगेर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण र बैकिङ पहुँचको विवरण सङ्कलन गर्नेे बताउनुभयो । विवरण सङ्कलन गर्ने काम १८ दिन अर्थात् असोज १९ गतेसम्म गरिनेछ ।

भदौ २६ र २७ गते विर्तामोड, मेचीनगर नगरपालिका, बाह्दशी गाउँपालिका र भदौ २८ र २९ गते अर्जुनधारा, भद्रपुर, नगरपालिका, कचनकवल, हल्दिबारी, बुद्धशान्ति गाउँपालिकामा सुपरिवेक्षकलाई गणनासम्बन्धी तालिम प्रदान गरिएको थियो ।

दोस्रो चरणका लागि कात्तिक ९गतेदेखि ११ गतेसम्ममा कार्यालयमा गणक नियुक्त गरिने र कात्तिक १३ गतेदेखि १६ गतेसम्म तालिम दिएर गणना कार्यका लागि उनीहरुलाई कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म कार्यस्थलमा खटाइने बताउनुभयो ।

जिल्लामा माइपश्चिमका सातवटा पालिका, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, कमल, गौरीगञ्ज र झापा गाउँपालिकालाई समेट्ने गरी दमकमा कार्यालय स्थापना गरिएको छ ।

विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर नगरपालिका, बुद्धशान्ति, बाह्दशी, हल्दिबारी र कचनकवल गाउँपालिकाको तथ्याङ्क सङ्कलन गर्ने गरी चन्द्रगढीमा कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।

कार्यालयले यसअघि नै प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा वडा जनगणना सहजीकरण समिति गठन गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।