ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दु,र्घटना हुँदा तीन जनाको मृ,त्यु

ओखलढुङ्गा, ३१ भदौ । काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दु,र्घटना हुँदा तीन जनाको मृ,त्यु भएको छ ।

आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दु,र्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृ,त्यु भएको हो ।

मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दु,र्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा एक बालक ग,म्भीर घा,इते भएका छन् । ग,म्भीर घा,इते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेका छन् । बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।