पार्टी परित्याग गरी सयौं बढी नेता तथा कार्यकर्ता एमालेमा प्रबेश
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी सयौं बढी नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेकाछन् । नगर भित्रका नेपाली काङग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

नब पार्टी प्रबेशीहरुलाई नगर स्तरीय राष्ट्रिय युवा भेलाको अवसरमा जिल्ला पार्टी अध्यक्ष एवं संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राई , प्रदेश १ सभा सदस्य एवं न्याय तथा विद्यायन समितीका सभापति इन्द्रमणी पराजुली , पार्टी प्रदेश १ सदस्य गणेश राई, राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा जिल्ला इंन्चार्ज बलदिप राई, जिल्ला अध्यक्ष केसब सुब्बा ,मेयर पर्शुराम नेपाल ,उपमेयर मन्जु अधिकारी लगायत नगरका नेताहरुले खदा तथा अबिरले स्वागत गरेका थिए ।

नव प्रवेशिहरुलाई स्वागत तथा युवा भेला द्धारा गठन गरिएका नयाँ कार्यसमितिलाई बधाई दिनुहुदै एमाले धनकुटाका अध्यक्ष तथा संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले अहिलेको परामादेश सरकारले धनकुटाका विकास निर्माणका लागि छुट्याईएको अरर्वौ बजेट काट्ने काम भएकाले दह्रो ढंगले राजनितिक प्रतिवाद गर्ने उदघोष गर्नु भयो ।

अदालतले सत्ता वाहिर ल्याईएको भएपनि अवको चुनावबाट फेरी जनमतबाटै सत्तामा पुग्ने दावी गर्नु भयो ।
त्यस्तै गरी प्रदेश १ सभा सदस्य एवं न्याय तथा विद्यायन समितीका सभापति इन्द्रमणी पराजुलीले पनि एमाले पार्टीले हरेक जनताको सुख दु:ख बुझ्ने र सबैको योग्यता र क्षमताको आधारमा समान गरिने बताउनु भयो ।

राष्ट्रिय युवा संघ देश परिर्वतन तर्फ अगाढि बढ्ने क्रममा देशको भ्रष्ट्रचार अन्त्यका लागि राष्ट्रिय दलालहरुको समाप्त पार्नका लागि आफ्नै अनुकुलतामा राष्ट्रिय हित निमार्णका लागि , सुखि र समृद्ध नेपाल बनाउन समाजवादी उद्देश्य राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि स्थापना गरिएको भन्दै युवा संघको कामको बारेमा चर्चा गर्नु हुदै सधै राष्ट्रिय युवा संघ सत्तिसाल जस्तो भएर मुलुक अफ्ठ्यारोमा परेको बेला , नेपाली जनता अन्यायमा परेको बेला जनताको न्यायको निम्ति श्रि कृष्ण र राम झै गरी खडा रहने केन्द्रिय सचिव तथा जिल्ला ईन्र्चाज राईले बताउनु भयो ।

त्यस्तै गरी शुभकामना तथा स्वागत मन्तवय राख्नु हुदै पार्टीका प्रदेश सदस्य गणेस राई, जिल्ल समन्वय समिति प्रमुख टंक चौहान , मेयर पर्शुराम नेपाल , उपमेयर मन्जु अधिकारी , अनेरास्युवियु धनकुटाका सचिव घनेन्द्र पोख्रेल , युवा संघका जिल्ला अध्यक्ष केसब सुब्बा लगायत नेताहरुले विभिन्न योजनाहरुको बजेट अहिलेको सरकाले काटेर धनकुटालाई अन्याय गरेको भन्दै घोर भत्र्सना तथा आपति जनाएका छन् ।
सोहि नगर स्तरीय युवा भेलाले कुसुम तुम्बाको अध्यक्षतामा १ सय २१ सदस्य नगर स्तरीय राष्ट्रिय युवा संघ , राजेन्द्र थापाको अध्यक्षतामा १ सय ३३ सदस्य युथफोर्स ,ओमप्रकाश अधिकारीको अध्यक्षतामा ५१ सदस्य खेलकुद महासंघ र बिनोद बानियाको अध्यक्षतामा ८७ सदस्य संख्या रहने गरी अनेरास्युवियु नगर कार्यसमिती गठन गरिएको छ ।



