समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको ; मुख्यमन्त्री शाही

कर्णाली, ३ असोज ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरतरुपमा अगाडि बढेको छ भन्नुभयो ।

सन्देशमा भनिएको छ, “सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ सालमा आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत मूल्यमान्यतामा केन्द्रित भई विकास र समृद्धिको जनअपेक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ ।”

सन्देशमा संविधानमा प्रस्तावित आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चिततासहित समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनका क्रममा आआफ्नो क्षेत्रबाट भएका कमि कमजोरीको समीक्षा इमान्दारितापूर्वक गर्न आग्रह गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।