अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज । नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गर्नुभएको छ ।

विदेशमन्त्री ब्लिङ्केनले आज दिनुभएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गरेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “झण्डै ७५ वर्ष लामो कूटनीतिक सम्बन्धमा हामी हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको यो सम्बन्धको खुलेर प्रशंसा गर्न चाहन्छौँ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।