विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन सरकारसँग माग

काठमाडौँ, ३ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।

उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो सम्झौता जतिसक्दो चाँडो खुला गर्न माग गर्नुभएको हो ।

आज यहाँ आयोजित नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपैयाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) रोकिएको भन्दै नेपाल सरकारका सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यसबाट लागत र अन्योल बढेको जानकारी ऊर्जामन्त्री पम्फा भुसाललाई गराउनुभएको थियो । मन्त्री भुसालसमेत सहभागी उक्त कार्यक्रममा ढकालले भन्नुभयो, “अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आशङ्का, अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नु भएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्नसकेमा मात्र आर्थिक विकास हुन्छ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युत्को खपत बढ्नसक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्न पनि सुझाव दिनुभयो । उहाँले ऊर्जा क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिने गरी परिणाम निकाल्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।