धनकुटालाई बर्दियामा जोड्ने नैन

जीवनप्रसाद राई । बर्दिया ईश्वरीगंजका नैनसिंह ओली बर्ष ४६ का कृषि तथा पर्यटनका जानकार तथा कृषि उधमी समेत हुन । हाल उनका फर्ममा १ सय ५० भन्दा बढी बाख्राहरु रहेका छन । उनी १९ बर्ष भारतमा होटलको जागिरे जीवनमा रहे । उनी त्यही रहदाँ नै नेपालको माओबादी आन्दोलनले प्रभावित पारे र उनी पुर्णकालीन कार्यकर्ता भएर माओबादी आन्दोलनमा समेत सहभागी भए । जनयु’द्द लडे नेपालको बिभिन्न ठाँउमा पुगे । आ’न्दोलनकै दौरानमा उनले अन्तरजातिय बिबाह समेत गरे । हाल उनी ईश्वरीगंज बर्दियामा ब्यवसायिक बाख्रापालन गरेर बसेका छन भने उनी माओबादी राजनीति भन्दा फरकधार बिचारमा रहेर काम गरिरहेका छन । यसैगरि जीवनभर साथ दिन्छु भनी उनीसंग बिबाह गरेका ब्यक्ति पनि उनीभन्दा अलग्गै रहेर बसेका छन । उनले अर्को जीवनसाथी संग किसानी संघर्षको मैदानमा रहेर कार्य गरिरहेका छन । बाख्रापालन ब्यवसायबाट फड्को मार्दै उनी पुर्वीय कालो बंगुरको बारेमा परियोजना संचालन गर्न कम्मर कसेर लागेका छन ।

धराने कालो बंगुरको रुपमा प्रख्याती कमाएको भएता पनि खासमा धनकुटाको पाख्रीबासे कालो बंगुरको नाम ओझेलमा परेको छ । धराने कालो बंगुर खासमा चिनियाँ हेमसायर र पाख्रीबासे स्थानीय च्वाँचे जातको मिक्सबाट बनेको जात नै धराने कालो बंगुर वा पाख्रीबासे कालो बंगुर हो । हेमसायर जात छिटो बढ्ने तथा ठुलो हुने जात हो भने पाख्रीबासे कालो बंगुर सानो हुने र मासुको स्वाद ज्यादै मिठो हुने भएकोले यसलाई पाख्रीबास कृषि अनुसन्धान केन्द्रले नयाँ जात निर्माण गरेको एक उत्कृष्ट बंगुर हो । यस बंगुरको माग अहिले नेपालको कुना कुना सम्म पुग्ने क्रममा रहेको छ । यसको लागि धरानलाई धेरैले आँखा लगाउने गर्दछन । धराने कालो बंगुर पहाडि क्षेत्रबाट संकलन भई जम्मा हुने तथा धरानकै वरपरका क्षेत्रहरुमा पालन गरेर तयारी गरिएको हुनाले नै यसलाई धराने कालो बंगुर नामले परिचित भएको हो । यस धराने कालो ( पाख्रीबास कालो ) बंगुरको माग हाल नेपालको धेरै ठाँउमा रहेको छ र बढ्दो शहरी बिकासले गर्दा यस मिठो स्वाद हुने मासुको माग निकै बढिरहेको छ । यसैले गर्दा नै हाल लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा पनि पाख्रीबासे कालो बंगुरको माग निकै बढेको देखिन्छ ।

राजापुर नगरपालिकाको कालो बंगुरको पाठापाठी बितरण गर्ने र पुर्वमा चर्चित र अधिक माग भएको कालो बंगुरलाई लुम्बिनी प्रदेशमा समेत स्रोत केन्द्र निर्माण तथा मासुमा आत्मनिर्भर हुने हिसाब कार्य प्रारम्भ शुरु गरेको छ । जुन कामको सहजीकरण भने नैनसिहं ओलीले गरिरहेका छन । राजापुर नगरपालिकाले शुरु गरिदिएको यस कार्यक्रमलाई  ओलिले अहिले आफैले समेत ब्यक्तिगत रुपमा निरन्तरता दिएका छन । पाख्रीबास कालो बंगुर बितरण कार्यक्रमको पहिलो शुरुवती कार्य २०७८ असार महिनामा ११२ वटाबाट भएको थियो र दोस्रोपटक २०७८ असोज महिनामा १०६ वटा पाठापाठी को बितरण सम्पन्न भएको छ । राजापुर नगरपालिकाले बितरण गरेको र नैनसिंह ओलिले शहजीकरण गरेको उक्त बंगुरको पाठापाठी बितरण कार्यक्रमले लुम्बिनी प्रदेशको राजापुर नगरपालिका तथा यसका आसपासका ठाँउहरुमा निकै लोकिप्रियता आर्जन गर्न थालेको छ । तर एउटा समस्याको रुपमा निकै खट्किएको बिषय हो लामो दुरीमा बंगुरको पाठापाठी ढुवानी गर्दा १० प्रतिशत बंगुरको पाठापाठी मर्ने संभावना रहेको पाईयो । जस्ले सुबिधायुक्त सवारीसाधानको आवश्यकता तत्काल आवश्यकता पनि देखिन्छ । यी तमाम सुधारका बिषयहरु छदै छन तर धनकुटा र बर्दिया बीच पाख्रीबासे कालो बंगुरले एउटा पुलको काम गरिसकेको छ । जसलाई सुधार गर्दै आगामी दिनमा थप ब्यापक रुपमा बिस्तार गरिनु पर्ने देखिन्छ ।

धनकुटाको हिलेमा अवस्थित आरोही बंगुर फर्मले बर्दियाको ईश्वरीगंजमा बंगुरको पाठापाठी पठाउने कार्य गरिरहेको छ । अब धनकुटा जिल्लाले पाख्रीबासे कालो बंगुरको पाठापाठी ब्यापक रुपमा उत्पादन गर्नुका साथै बंगुरमा आधारित उधोगहरुको निर्माणमा समेत जोड दिनु पर्दछ । बंगुरको खोर निर्माणका लागि, यसको स्वास्थ दाना उत्पादनका लागि, यसको बिषयगत प्राबिधिकहरु उत्पादनका लागि, बंगुरको बिषयमा नै पढाई हुने स्कुलहरु निर्माणका लागि, बंगुरको मासु प्रशोधन केन्द्रहरु निर्माणका लागि, बंगुरका लागि आवश्यक पर्ने औषधी तथा भिटामिनहरु निर्माणका लागि, बंगुरबाट बन्ने परिकारहरुको निर्माणका लागि, बंगुरको मासु सप्लाई गर्ने मार्केटिङ उधोगहरु, तत्काल आवश्यक पर्ने देखिन्छ । यसका लागि धनकुटाका बंगुर उत्पादनमा लागेको ब्यवसायीहरुले सोचलाई अगाडि बढाउनुपर्ने देखिन्छ । जुन कार्यहरु धनकुटामा तिव्रगतिमा अगाडि बढेमा यसबाट पाख्रीबासे कालो बंगुरको प्रबर्धन हुनुका साथै बंगुरको माध्यमबाट पर्यटकहरुको समेत आवगमनमा बृद्धि हुनेछ । यसको लागि शुरुवात भने बर्दियाका नैनसिंह ओलि र धनकुटा १ हिलेका आरोही बंगुर फर्मका संचालक सन्तोष राईले पुल निर्माणको कार्य शुरु गरिसकेका छन ।

ओलिको बिगत एक दशक अघि देखि नै बाख्रापालनमा राम्रो अनुभव रहेकोले धनकुटाको बंगुरको ज्ञान उहाँलाई र बर्दियाका नैनसिंह ओलिको बाख्रापालन तथा कृषिको ज्ञान धनकुटालाई आदान प्रदान गर्नमा निकै महत्वपुर्ण काम हुनेछ । धनकुटा जिल्लाले उहाँको जस्तो उत्पादनशील ज्ञानलाई धनकुटाको कृषि उत्पादनका लागि उपयोग गर्न पाउने बातावरण अबको दिनमा गरिनु पर्दछ । जसले कुनै ब्यक्ति मात्रै नभई समग्रमा धनकुटा जिल्लाले यसको प्रतिफल लिन पाउनेछ । पाख्रीबासे कालो बंगुरको बर्दियामा ब्यापक प्रचार गर्ने  ओलिलाई आम धनकुटाबासीको तर्फबाट हार्दिक धन्यवाद दिनै पर्दछ । यस कार्यले केही टोली पाख्रीबासे कालो बंगुरको अध्ययनका लागि समेत धनकुटा आउने निश्चित भईसकेको छ । यसलाई हामीले सक्दो आफु अनुकुल बनाई बारम्बर टोली आईरहने बातावरण तयार पारिनु पर्दछ ।

पाख्रीबासे कालो बंगुरको माध्यमबाट बर्दिया र धनकुटा बीचको पुलको जुन सम्बन्ध जोडिएको छ । यो अमर बनोस र आगामी दिनमा धनकुटाले अन्य जिल्ला र प्रदेशलाई समेत बंगुरको माध्यमबाट महत्वपुर्ण उपलब्धी हासिल गर्ने कार्यमा सफलता चुम्दै जाओस ।
जय धनकुटा, जय पाख्रीबासे कालो बंगुर ।।

(लेखक कृषि पर्यटन अभियन्ता हुनुका साथै ७ प्रदेश, ७७ वटै जिल्ला कृषि पर्यटन अभियान लिएर घुम्ने पहिलो नेपाली समेत हुन ।- सम्पादक )

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।