`सर्वसम्मत नगर नेतृत्व चयन गर्छौं’-नेपाली कांग्रेस पाख्रीवास वडा सभापतिहरुको उद्घोष
असोज ६,धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगरका वडाका सभापतीहरुले आगामी अधिवेशनबाट नगरको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने उद्घोष गरेका छन ।

नवनिर्वाचित वडा सभापतिहरुलाई वधाई दिन आयोजित कार्यक्रममा उनिहरुले त्यस्तो उद्घोष गरेका हुन् ।
पाख्रीवास नगरपलिकाको वडा नं १ का सभापती कुल वहादुर थपा,वडा नं २ का सभापती धन वहादुर मगर,वडा नं ३ का सभापती चन्द्र लिम्बु,वडा नं ४ का सभापती श्याम प्रकाश राई,वडा नं ५ का सभापती पासाङ्ग शेर्पा,वडा नं ६ का सभापती लोचन गिरी,वडा नं ७ का सभापती पूर्ण वहादुर राई,वडा नं ८ का सभापती गजेन्द्र राई,वडा नं ९ का सभापती शिव देव घिसिङ्ग र वडा नं १० का सभापती समर वहादुर निरौलालाई खादा माला तथा टिका लगाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शूभकामना दिईएको छ ।
उनिहरुलाई पार्टीका पाख्रीवास नगर कार्य समितिका सभापती प्रेम भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग,जयन्द्र घिसिङ्ग,निलम थापा, क्षेत्रिय सभापती इन्दिरा थपा ,पाख्रिवास नगर कार्य समितिका कोषाध्यक्ष विर वहादुर थापा,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला लगायतले बधाई ज्ञापन गर्दै नगरभरी कांग्रेसको चार तारे झण्डा फरफराउने अभियान संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन नगर कार्य समितिका सचिव चन्द्र वस्नेतले गर्नु भएको थियो ।


