सर्वसम्मत नेतृत्व चयनका लागि समिति गठन
आश्विन ७,धनकुटा । पार्टीको १४ औ अधिवेशन अन्र्तगत जिल्ला, प्रदेश सभा क्षेत्रिय कार्य समितिमा सर्वसम्वत नेतृत्व चयनका लागि समिति गठन गरेको छ ।
अब हुने जिल्ला अधिवेशनमा धनकुटा जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि नेपाली कांग्रेस धनकुटाको सम्पन्न बैठकले सहमहामन्त्री सुनिल वहादुर थापा संयोजक,केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,महासमिति सदस्यहरु अजित नारायण सिंह थापा,आनन्द सन्तोषी राई र लिला सुब्बा रहेको सहजीकरण समिति गठन गरेको कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समिति क्षेत्र नं १ मा सर्व सम्मत नेतृत्व चयनका लागि जिल्ला सचिव विजय सन्तोषी राई संयोजक,सदस्यहरुमा महासमिति सदस्य दुर्गा सुवेदी,जिल्ला सदस्यहरु नेपाल धन राई र तिर्थ राई रहने गरि सहजीकरण समिति गठन गरेको छ ।
भने प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समिति क्षेत्र नं २ मा सर्वसम्वत नेतृत्व चयनका लागि कांग्रेस जिल्ला उपसभापती नविन किशोर शाक्य संयोजक र ,जिल्ला सदस्यहरु ज्ञानु गुरुङ,खेमराज पौडेल र क्षेत्रिय सभापती इन्दिरा थापा सदस्य रहेको सहजीकरण समिति गठन गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
यही अशोज ९ गते हुने पालिका अधिवेशनबाट पनि धनकुटाको सात वटै पालिकामा सर्वसम्वत नेतृत्व चयन गर्न यस अघिनै जिल्ला सदस्यहरुको संयोजकत्वमा सहजीकरण गर्न समिति गठन गरी क्रियाशिल बनाई सकिएको छ ।


