१ सय १ सदस्यीय वडा कमिटी गठन

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं १ को वडा भेलाले १ सय १ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

अखिल नेपाल महिला संघ नगर ईञ्चार्ज मालाश्री शाहीको अध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा उपमेयर सकुन्तला बस्नेतको प्रमखु आतिथ्यमा सम्पन्न भेलाले फुलमाया थापा राधिकाको अध्यक्ष्यतामा १ सय १ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

नवगठित वडा कमिटी उपाध्यक्षमा हर्कमाया सिंजाली, सचिव रेनुका तामाङ,सह सचिव जुना घिमिरे र कोषाध्यक्षमा जमुना योञ्जन रहेका छन् ।

कार्यक्रममा नवगठित अखिल महिला संघको वडा कमिटीका पदाधिकारीहरुलाई नेकपा एमाले वडा नं १ पार्टी अध्यक्ष कमल थिङ, अनेमा संघ जिल्ला सदस्य दालामु शेर्पा , नगर कार्यपालिका सदस्य तथा संघका जिल्ला सदस्य कल्पना थापा, पार्टीका नगर सचिव चन्द्र कृष्णा ठकुरी , जिल्ला कमिटी सदस्य सिहं तितुङ, पूर्व अनेमा नगर अध्यक्ष सुनिता लावती ,पार्टी जिल्ला सचिवालय सदस्य तथा वडा सदस्य लालचन्द्र गोङवा , नगर सह ईन्चार्ज नकुल राई ,वडा अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य निरन तामाङ, अनेमा संघका जिल्ला अध्यक्ष सिमा राई ,लगायतले शूभकामना ज्ञापन गर्दै पार्टीलाई शसक्त ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।

उनिहरुले आगामी निर्वाचनमा एमाले पार्टीलाई देशकै शक्तिशाली तथा पहिलो पार्टी बनाउन महिलाहरुको महत्वपूर्ण भुमिका रहने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।