नेपाली कांग्रेस डुब्न लागेको घाममा सुकाएको विस्कुन जस्तै : सॉंसद राई

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं १ मा आज वडा स्तरिय युवा भेला सम्पन्न भएको छ ।

नेकपा एमालेका १ नं वडा कमिटी अध्यक्ष विष्णु प्रसाद राईको अध्यक्षता तथा संघिय संसद तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नरेश राई अध्यक्ष र ईश्वर राई सचिव रहने गरी ६३ सदस्यीय वडा स्तरिय राष्ट्रिय युवा संघ गठन गरेको छ ।

भेलालाई सम्वोधन गर्दै संघिय संसद राईले नेपाली कांग्रेस डुब्न लागेको घाममा सुकाएको विस्कुन जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस र माओवादी पार्टी सत्तामा पुगेपछि जनता विरोधि काम गर्ने गरेको आरोप लगाउनुभयो । आगामी चुनावबाट फेरी एमाले नै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्ने उल्लेख गर्नुभयो ।

त्यस्तै १ नं प्रदेशसभा सदस्य निरेन राईले युवाहरु परिर्वतनको सम्वाहक भएको उल्लेख गर्दै देशको राजनीतिक परिर्वतन युवाहरुकै संघर्ष र वलिदानले मात्र सम्भव हुने वताउनुभयो ।

उहाँले देशको आर्थिक समृद्धी र परिवर्तनका लागि युवाहरुको योगदान महत्वपूर्ण हुने समेत वताउनुभयो । कार्यक्रममा सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले हाल पालिमा न्यायोचित रुपमा विकास निर्माणका कामहरु भईरहेको भन्दै आगामी दिनमा पनि नीति तथा योजना वनाई एमाले सरकारले जनतालाई लाभ हुनेगरिको सेवा दिने वताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, नेकपा एमाले गाउँ पार्टी ईञ्चार्ज सुष्मा किराती,सहईञ्चार्जद्धय भुपेन्द्र सकराती र बम बहादुर राई लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।