धनकुटामा सकियो कांग्रेसको पालिका अधिवेशन
धनकुटा, १६ असोज । नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशन अन्र्तगत धनकुटाका सवै सातै स्थानिय तहको अधिवेशन सम्पन्न भएको छ ।
३ नगरपालिका र ४ गाउँपालिका भएको धनकुटा २ स्थानिय तहमा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको थियो भने ५ वटा स्थानिय तहमा सर्व सम्मत नेतृत्व चयन भएको छ ।
जस अनुसार धनकुटा नगरपालिकाको सभापतीमा नरेश श्रेष्ठ, पाख्रिवास नगरपालिको सभापतीमा प्रेम भण्डारी, छथरजोरपाटी गाउँपालिकामा सभापतीमा छत्र सुब्बा, शहिदभूमी सभापतीमा टंक राई,साँगुरीगढी सभापतीमा नेपालधन राई सर्व सम्मत निर्वाचित हुनु भएको छ ।
त्यस्तै महालक्ष्मी नगरपालिकाको सभापतीमा धुव्र राय र चौविसे गाउँपालिका सभापतीमा बिजु राई बहुमतले बिजयी हुनु भएको नेपाली कांग्रेस धनकुटाका सचिब बिजयसन्तोषी राईले जानकारी दिनु भयो ।


