नेपालविरुद्ध श्रीलंका : प्लेयर्स टु वाच

रमेश सुवेदी\काठमाडाै‌, १८ असाेज/साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाबीच हुने खेलमा दुई यस्ता खेलाडी छन्, जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न सक्छन् । न्युज कारखानाले तयार पारेको खेलको प्लेयर्स टु वाच ।

तेज तामाङ : नेपाल

होल्डिङ मिडफिल्डरमा होस् या अट्याक लाइनमा तेज तामाङले पाएको भूमिका सहजै निर्वाह गर्ने गर्छन् । उमेरले २३ मात्रै लागेका तेज नेपाली टोलीको मुख्य हतियार भइसकेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तेजलाई आवश्यक्ताअनुसार होल्डिङ र आक्रमण दुवैको भूमिकामा खेलाउँदै आएका छन् । गत महिना भारतसँगको मैत्रीपूर्ण खेलमा तेजले बक्स बाहिरबाट गरेको गोलले खुवै चर्चा पायो । त्यो गोल नै तेजको राष्ट्रिय टोलीका लागि पहिलो गोल थियो ।

व्यावसायिक फुटबलमा विभागीय नेपाल पुलिस क्लबमा रहेका तेज एन्फा एकेडेमीका उत्पादन हुन् । उमेर समूहमा समेत तेजको भूमिका उस्तै रहने गर्दथ्यो । तेजले भारतविरुद्ध यू-१९ टोलीबाट गरेको गोलकै कारण नेपालले उपाधि हात पार्न सफल भएको थियो । होल्डिङ र अट्याकसँगै लामा प्रहार र आफ्नो बक्ससम्म आएर रक्षा गर्न सक्ने तेज पूरा श्रीलंकन टोलीका लागि टाउको दुखाईको विषय बन्न सक्छन् ।

डिलन डी सिल्भा : श्रीलंका

श्रीलंकन टोलीबाट १० नम्बर लगाएर खेल्ने खेलाडी हुन् डिलोन डी सिल्भा । युवा खेलाडी डी सिल्भाले साफको पहिलो खेलमा बंगलादेशविरुद्ध ६२ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए । यी १९ वर्षीय श्रीलंकन अट्याकिङ मिडफिल्डर युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । हाल डी सिल्भा क्विन्स पार्क रेन्जर्स (क्विपीआर) को यू-२३ टोलीबाट खेल्दै आएका छन् । क्विपीआरमा भने सिल्भाले विंगरको भूमिका निर्वाह गर्छन् ।

पहिलो खेलमा बंगलादेशविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरे पनि सिल्भाले आफ्नो प्रभाव जमाएका थिए । इंग्लिस क्लब टोटनहमको उमेर समूहबाट समेत खेलिसकेका डी सिल्भा मिडलाइनमा आफ्नो भूमिका सहजै निभाएर अट्याक लाइनमा नेपाली डिफेन्डरका लागि भारी पर्न सक्छन् । नेपालविरुद्धको खेल डी सिल्भाका लागि राष्ट्रिय टोलीबाट चौथो खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।