एमाले नेताहरुले गरिरहेको भ्र’ष्टचारको जनस्तरमा भ’ण्डाफोर गर्नु पर्छ : नेता हेमराज भण्डारी

धनकुटा । धनकुटाका लोकतान्त्रिक गठबन्धनका नेताहरुले सत्तारुढ गठबन्धनलाई वडा स्तर सम्म जैलानु पर्नेमा जोड दिएका छन् । दशै तिहार सहित विभिन्न चाड पर्वको अवसरमा धनकुटाका ५ राजनीतिक दलका गठनबन्धनले संयुक्त रुपमा आयोजना गरेको शूभ कामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेतहरुले त्यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्व उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री एवम् नेपाली कांग्रेस सहमहामन्त्री सुनिल वहादुर थापाले धनकुटामा सत्तारुढ गठबन्धनलाई अझ शसक्त बनाउदै वडा स्तरमा सम्म जैलानु पर्नेमा जोड दिनु भयो । त्यस्तै पूर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले नेकपा एमालेका जनप्रतिनीधिले गरिरहेको भष्टाचारको जनस्तरमा भण्डारफोर गर्नु पर्नेमा जोड दिनु भयो । पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख रकम चेम्जो ङले धनकुटा अव परिवर्तनको पक्षमा रहेको वताउनु भयो ।

कार्यक्रममा नेकपा एकिृत समाजवादीका नेता बंगला राई,राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य तुलमान राईले शूभ कामना मन्तव्य राखेका थिए । नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगानाले र धन्यवाद मन्तव्य जसपा धनकुटाका सचिव श्रीराम रायमाझीले राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपा एकिृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राईले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,संविधान सभा सदस्य धन माया विक,राज कुमार राई लगायत प्रदेश सभा सदस्यहरुले शुभ कामना आदन प्रदान गरेका थिए ।

उता धनकुटाको महामलक्ष्मी नगरपालिकाका सवै वडाहरुमा नेपाली कांग्रेस धनकुटाले सूर्य वहादुर प्रतिष्ठानको सहयोगमा प्राप्त कोरोना संक्रमण नियन्त्रण लक्षित स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिद्धारा आयोजित शुभ कामना आदन प्रदान तथा स्वास्थ्य समाग्रीहरु वितरण कार्यक्रममा पार्टीका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले सो नगरपालिकाका ९ वटै वडाका वडा सभापती र वडाका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गर्नु भएको हो । पार्टीका महालक्ष्मी नगर कार्य समिति सभापती ध्रुव रायको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागन्तव्य उपसभापती गोपाल चन्द्र पौडेलले राख्नुभएको थियो भने सञ्चालन नेता गेजेन्द्र बाबु ढकालले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।