पालिका स्तरिय “पाख्रीबास कप” ​फुटबल प्रतियोगिता हुने

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ मा स्थित खेल मैदानमा पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर पाख्रीबास युथ युनाइटेडले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा जिल्लाकै सात वटै पालिकाहरुको सहभागिता रहने छ ।

सबै पालिकाहरुको एकता,स्वास्थ्य र बिकासको लागि कार्तिक १० देखि १३ गते सम्म संचालन हुने उक्त प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

साथै खेल फिफा,एन्फा र आयोजकको नियमानुसार तथा नकआउटको आधारमा हुनेछ साथै प्रत्येक पालिकाले आफ्नो टीममा आफ्नो पालिका बाहिरका दुई जना खेल्न दिइने जनाइएको छ ।

टिम दर्ता नि:शुल्क रहेको यस प्रतियोगितामा प्रथम र दोस्रो हुने टीमलाई क्रमश: रु एक लाख र कप,मेडल र पचास हजार र कप,मेडल प्रदान गरिने छ । (फाइल तस्बीर)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।