फुसको छाना मुक्त बनाउने काममा तिब्र रुपमा अगाडि बढिरहेको : सॉंसद राजेन्द्र कुमार राई

धनकुटा ।धनकुटा जिल्लालाई फुसको छाना मुक्त बनाउने काम तिब्र रुपमा अगाडि बढिरहेको संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले बताउनु भयो ।

नेकपा एमाले पाख्रिबास नगरपालिका वडा नं ७ र ८ को संयुक्त नेपालीको विजया दशमी तथा विभिन्न चाड पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

त्यस्तै उहाले गरिब जनतालाई सुखि र धनी बनाउने पार्टी नेकपा एमाले भएको भन्दै जनताको आर्थिक तथा जीवन स्तर सुधारका लागि यसअघिका सरकारले काम गरेको दावी गर्नु भयो साथै उहाले अब आउने चुनावमा नेकपा एमालेको जित हुने बताउनुभयो ।

त्यस्तै गरि पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहानले नेकपा एमाले सरकारले सामाजिक सुरक्षा भक्ता वृद्धि गरेर चाडपर्वको समयमा ऋण काड्नु पर्ने समस्याको अन्त्य भएको बताउनुभयो साथै उहाले अहिले गठबन्धन सरकारले १४ सय वटा सडक आयोजना काटेको जानकारी दिनु हुदै धनकुटामा १४ वटा सडक आयोजना काटेर विकास विरोधी काम गरेकाले अर्को पटकको चुनावमा जनताले धुलाई खुवाउने बताउनुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य रेवत थापाले आफु मुगाको उज्ज्वल भविष्यको पोक्षमा रहेको बताउनु भयो । नगरका मेयर वृष बहादुर राईले कोरोनाले प्रभाव पारेपनि नगरको विकासमा एककदम अगाडि रहेको उल्लेख गर्नुभयो ।

नगरमा १५ सय वार्डको अस्पताल निर्माण , सडक ,शिक्षा ,स्वास्थ ,पर्यटन ,कृषिका क्षेत्रमा जनताले महसुस गर्ने गरि धेरै काम गर्न सफल भएको दावी गर्नु भयो । त्यस्तै पार्टीका नगर अध्यक्ष शान्तिराम गौतमले फेरि पनि अर्को पटकको चुनावमा पनि पाख्रिबास नगरपालिका देशकै उत्कृष्ट शक्तिशालीरुपमा पार्टीको जित हुने बताउनु भयो ।

अहिलेको सरकारलाई चुनाव पछि जनताले सडकमा पुर्‍याउने छ भन्दै सबै जनतालाई नेकपा एमाले पार्टीमा आवद्द हुन आग्रह गर्नु भयो । कार्यक्रममा पार्टीका नगर ईन्चाज नेत्र भण्डारी ,युथफोर्श नगर अध्यक्ष बिरवल खड्का, युवा संघ नगर अध्यक्ष सरोज राई , कार्यक्रममा स्वागत मन्तव्यवडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरका पार्टी सचिव सिताराम राईले राख्नु भएको थियो भने सञ्चालन ७ नंम्बर वडाका पार्टी अध्यक्ष बाबुराम भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकताको उपस्थित रहेको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।