पाख्रिबास फलाटे सडक पिच हुने :सॉंसद राई
धनकुटा ।नेकपा एमाले पाख्रिबास नगर वडा नं ६ फलाटे वडा कमिटी को आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका जिल्ला अध्यक्ष तथा संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राइले चाडपर्वको अवसरमा शुभकामना दिनु हुदै लगातार रुपमा जनताको पक्षमा काम गरिरहेको विभिन्न उदाहरण दिनुहुदै पाख्रिबास फलाटे सडक पिच हुने बताउनुभयो ।
साथै उहाले युवाहरुलाई स्थानीय स्रोत साधन प्रयोगमा ल्याइ रोजगारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।
त्यसै गरि कार्यक्रममा पार्टीका सचिव भिम राई , सचिवालय सदस्य नैना रुचाल , नगर ईन्चाज नेत्र भण्डारी , सहईन्चार्ज ईन्द्र बहादुर राई , वडा अध्यक्ष दल बहादुर तामाङ लगायत नेताहरूले बाेल्नु हुदै नेकपा एमाले पार्टी नेतृत्व सरकारद्वरा १४ वर्ष शासन चलाएका नेपाली काङ्ग्रेस र धनकुटाबाट ६ चोटि प्रधानमन्त्री भएकाले पाख्रिबासमा केही गर्न नसकेको भन्दै ५ वर्ष भित्र धेरै विकासका काम गर्न सफल भएको दावी गरेकाछन् ।
साथै उनिहरुले विजया दशमी असत्य माथि सत्यकाे विजयी प्राप्त गरेको अवसरमा मान्यताका साथ मान्य भएकाले विजयी दशमीले विकास विरोधी प्रतिगमनकारीहरूलाई आगामी चुनावमा परास्त गर्न थप शत्ति मिल्ने बताएका छन् ।


