ब्लाइन्ड रक्सकै सिक्वेल बनाउँछु : निकेश लिम्बू

काठमाडाैं , २६ असोज । पछिल्लो समय निकेश लिम्बू नेपाली फिल्म क्षेत्रमा परिचित नाम बनिसकेका छन् । फिल्म हँसियामार्फत सहनिर्माताको रूपमा उदाएका निकेश त्यसयता फिल्म निर्माणमा आफूलाई अगाडि बढाउँदै छन् ।

सुनसरीकाे धरान निवासी निकेश दुई दशकयता बेलायतमा बसोबास गर्छन् । पेसाले ब्रिटिस आर्मी भए पनि निकेशको झुकाव भने साहित्यका विभिन्न विधामा छ । उनले निर्माण गरेको फिल्म रातो घरले नेपालको पूर्वी बोर्डरमा हुने घटनालाई चित्रण गरेको थियो भने ब्लाइन्ड रक्समा उनले आफ्नो दुईवटै आँखाको ज्योति गुमाएकी दृष्‍टिविहीन सृष्टि केसीको जीवनीलाई उतारेका थिए ।

फिल्मी मोह

निकेश सानैदेखि फिल्म हेर्ने गर्थे । विशेषत: उनलाई सोसल ड्रामा जनरको फिल्म मन पर्छ । तर उनलाई त्यो बाल्यकालमा थाहा थिएन । ‘मैले धेरै फिल्म हेरेको छु’ उनले भने ‘तुलसी घिमिरे त्यसबेला मलाई मन पर्ने निर्देशक, उहाँको धेरै फिल्म हेरेको छु ।’ लाहुरे, दुई थोपा आँशु, कोसेली, दक्षिणा, दर्पण छायाँलगायतका फिल्म उनका प्रिय छन् । सायद, त्यही बाल्यकालबाट फिल्मको नजिक पुगिसकेका थिए उनी । उमेर बढ्दै गएपछि उनी ब्रिटिस आर्मीमा भर्ना भए, तर पनि उनको लगाव फिल्मसँग कहीँ कतै भने थियो नै ।

निकेशफिल्म प्रवेशको श्रेय भने दाजु सुरज सुब्बा नाल्बो र बेस्ट फ्रेन्ड मिलन चाम्सलाई दिन्छन् । ‘मलाई राम्रो फिल्म निर्माण गरौं भन्ने लाग्थ्यो तर यस क्षेत्रमा प्रवेश गराउने श्रेय भने सुरज दाइ र मिलनलाई जान्छ’ निकेश भन्छन् ‘राजकुमार राईजी पनि मिल्ने साथी यसैले गर्दा उहाँहरूकै कारण फिल्मनगरीमा छु । मलाई हँसियामा अफर आयो,त्यसैको निरन्तरताको रूपमा छु । रातो घर पनि कथा मन पर्‍याे, राम्रो लाग्यो । कहीँ कतै हाम्रै समाजको कथालाई देखे अझै हामी त पूर्वेली भएकाले पनि त्यसलाई पर्दामार्फत सचेतनाको रूपमा पनि ल्याउनु पर्छ भन्ने लाग्यो ।’

ब्लाइन्ड रक्स निर्माण

उनलाई मन पर्ने जनर ‘ब्लाइन्ड रक्स’ जस्ता फिल्म हुन् । बायोपिक र रियल कन्टेन्ट बेस्ड फिल्म मन पर्ने उनी सुनाउँछन् । ‘मैले सृष्टि केसी बहिनीको स्पिच सुने, जसले मलाई छोयो । उनी आफै आँखाको ज्योति गुमाएकी छिन् तर उनी अरुलाई प्रेरणा दिन्छिन्, यसले मेरो मन छोयो । त्यसपछि मिलनसँग सल्लाह गरेर मैले फिल्म निर्माण गरेको हुँ । नेपालमा हाम्रो सोचअनुसारको फिल्म हुन् सकेन तर युकेमा र अन्य देशमा पनि राम्रो रेस्पोन्स पाए । हामी बाहिर हुनेलाई रेगुलर फिल्मको तुलनामा कन्टेन बोकेको फिल्म मन पर्छ , यसैले मेरो फिल्म ब्लाइन्ड रक्स राम्रो भयो,’ उनले भने ।

नेपाली फिल्मका लागि युकेको बजार

बेलायतमा बसोबास गर्ने निकेश निर्मातासँगै राम्रो दर्शक पनि हुन् । उनले आफ्नो फिल्म त राम्रोसँग चलाए, तर समग्रमा मार्केट कस्तो छ त ? उनी भन्छन्- ‘फिल्म राम्रोसँग रिलिज गर्नुपर्छ ।’ उनले आफ्नो फिल्म स्काई सिनेमासँग जोडेर फिल्मलाई प्रदर्शन गरे । भन्छन्- ‘फिल्म राम्रोसँग प्रदर्शन गर्नुपर्छ, हलमै प्रदर्शन गर्ने सके चाम बढ्छ र त्यसमै दर्शक आकर्षित हुन्छन ।’ फिल्मलाई हलमै देखाउन थालेपछि दर्शकले चासो लिने गरेकाे उनले बताए ।

‘विदेशमा हामीलाई नेपालको समीक्षासँगै स्थानीय अडियन्स रिभ्यू महत्वपूर्ण हुन्छ’ निकेश भन्छन् ‘फिल्म राम्रो छ भन्ने प्रचार बढेपछि शो बढ्न थाल्छ ।’ कोभिडका कारण पछिल्लो समय विस्तारै पहिलो लयमा फर्किने तयारीमा रहेको युकेमा पछिल्लो समय इभेन्ट भने राम्रो भइरहेको उनले जनाए । उनले भने, ‘जेम्स बोन्डको नयाँ सिरिज नो टाइम टू डाइको प्रिमियरले फिल्मलाई चलायमान बनाएको छ बाँकी त आउने दिनमा थाहा हुनेछ ।’

नयाँ योजना

निकेश यो समय पर्ख र हेरको रहेको बताउँछन् । उनले नेपाली फिल्मलाई नेपालसँगै विदेशी बजारमा पनि उपस्थित गराउने उद्देश्यले अब काम गर्नुपर्नेमा जोड दिए । ‘हामीले नेपाल मात्र नभई यहाँ (बेलायत) र अन्य देशहरूमा पनि देखाउने गरी फिल्म तयार गर्नुको विकल्प छैन’ निकेशले भने । उनले अवस्था सामान्य हुँदै गए आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘ब्लाइन्ड रक्स’ कै सिक्वेल ल्याउने बताए ।

‘पहिलो भाग सकिएकै कथाबाट अर्को कथा अगाडि बढाउने गरी तयारी गर्दैछौँ । मैले अब निर्माण गर्ने प्रोजेक्ट ब्लाइन्ड रक्स २ नै हुनेछ’ निकेशले भने । उनले सिक्वेलमा सृष्टिको विदेश यात्रालाई देखाउने जनाए ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖