सडक मर्मतको बहानामा चरम भ्र’ष्टचार,नेकपा ‘एस’को खबरदारी(प्रेस विज्ञप्ती सहित)
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नगर संगठन कमिटी पाख्रीवासले धनकुटाको पाख्रीवास नगरपालिकाको विभिन्न वडाहरुमा सडक मर्मतको वाहानामा भएका भ्रष्टचार र नगरबाट सञ्चालित ब्याकुलोडरको दुरुपयोग प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले आज प्रेस विज्ञप्ति जारी गर्दै उल्लेखित विषयमा आपत्ति जनाएको हो ।
पाख्र्रीवास नगर क्षेत्रका विभिन्न वडाहरुमा खाल्डाखुल्डी भएका जीर्ण सडक मर्मत सम्भार गर्न छुट्याईएको योजना रकम आधा कटौती गरि त्यही आधा रकमबाट पनि कमिशन निकाल्न सम्बन्धित वडालाई थाहा नदिई व्याकुलोडर अगाडी पछाडी लगेर ३ घण्टा काम गरेको सडकमा ७ घण्टा, ५ घण्टा काम गरेको सडकमा ११ घण्टा भनि सडक मर्मतको नाममा चरम भ्रष्टचार र दुरुपयोग गरेको पाईएको पार्टीका नगर अध्यक्ष सोवित निरौला र सचिव ईन्द्र बहादुर तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यसरी यसरी सोझा सिधा उपभोक्तालाई भ्रममा पारी आफ्नो पार्टी मिटिङमा खाजा खर्चलाई केही रकम छुट्याउनु छ भन्दै कमिसन,खाईदेउ झुण्डरुपी केही अगुवा पछुवा लोभि मतियार भईरसले विकासका नाममा ठाडो बदमासीगरेको जानकारीमा आएकोले कुन कुन सडकमा खाल्डाखुल्डी बढी छ ? मर्मत सम्भार कति घण्टा गर्ने ? भनि सम्बिन्धित वडाले निर्णय गर्नै नपाउनु,वडालाई थाहै नदिईने कार्य प्रति नेपाल कम्यनिष्ट पार्टी एकिकृत समाजवादी नगर संगठन कमिटी पाख्रीवासको गम्भिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा उल्लेख छ ।
यसरी ढाटका निम्ति खाईपतेरो गरी भ्रष्टचारलाई बढवा दिई कमिशनरुपी निरंकुशता शैलिले गरिने हरेक काम तथा सम्बन्धित वडालाई काम गर्ने समय थाहै नदिई षडयन्त्रकारी निच कदम प्रति पार्टी संगठन खेद प्रकट गदैछ विज्ञप्तिमा भनिएको छ । साथै सडक मर्मतको नाममा जनताको ब्याकुलोडर चरम दुरुपयोग गरी जुनसुकै वडाहरुमा अनियमितता भ्रष्टचार,कमिशन रोक्न जस्तोसुकै चुनौतीका सामना गर्न र आम नागरिकको समस्या समाधान गर्न जस्तोसुकै संर्घषका पाईलाहरु अघि बढाउन कुनै कसर बाँकी नराख्ने जनाईएको छ ।
सम्बन्धित वडालाई थाहा नदिई ब्याकुलोडरको दुरुपयोग गरिरहे सचेत उपभोक्ताको विशाल उपस्थिती गराई जनताको व्याकुलोडरको चाबी नियन्त्रणमा लिएर कमिशनरुपी झुण्डहरुबाट अलग गराई आम युवा उपभोक्ताहरुलाई नै बुझाउने प्रक्रिया अघि बढाई अति आवश्यक स्थानबाट स्पष्ट, पारदर्शीताका साथ कार्य गर्ने गराईने विज्ञप्ति मार्फत जानकारी गराईएको छ । सडक मर्मतको रकमबाट कमिशन खाएर नगरको सबै वडाहरुमा चाडवाडको नाममा पार्टीको नाम जोडे शूभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिदै गरिएको जनगुनासो आएको नेकपा एस ले जनाएको छ ।



