थारुहट रंगशालामा ओपन जिम

उदयपुर, २६ असोज । उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशालामा खुला जिम (ओपन) सन्चालन गरिएको छ । त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरी तथा उपप्रमुख देवीकुमारी चौधरीले मंगलबार जिमको संयुक्त उद्घाटन गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताउँदै प्रत्येक वडामा यस्ता स्थल सन्चालन गर्ने तयारीमा भइरहेको जानकारी दिए । उनले त्रियुगा नगरको नारालाई पुरा गर्न ओपन जिमले थप सहयोग पुगेको बताए ।

जिमका लागि आवश्यक सम्पूर्ण साधनलाई खुल्ला स्थानमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समिति उदयपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । अब यसलाई थप सुरक्षित गर्न घेराबेरालाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले जनाए । खुल्ला जिम सेन्टरमा ११ प्रकारका सामग्री जडान गरिएको र एकैपटक १४ जनाले अभ्यास गर्न सक्छन् । त्रियुगा नगरपालिकाको १५ लाख रुपैयाँको सहयोगमा जिम सेन्टर सञ्चालनमा ल्याएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖